काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर ७ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
स्ट्याण्डर्ड चार्टर्डले गत वर्षको नाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २४ गते ३७ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा आर्मी अफिसर क्लब, भद्रकाली, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ ।
त्यसैगरी, आरएसडीसी लघुवित्तले गत वर्षको नाफाबाट ८.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कुल ९.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न लघुवित्तले मंसिर १५ गते १० औं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा वेष्टर्न एशियन होटल, बुटवल, कालिकास्थानमा बिहान ९ बजे सुरु हुनेछ।