नेप्सेमा उच्च अंकको गिरावट, २०१ कम्पनीको मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से २३ अंकले घटेर बन्द भएको हो ।

१० दिनपछि खुलेको नेप्सेमा सोमबार १ अंकको झिनो सुधार आएकोमा आज दोहोरो अंकले घटेको हो । पछिल्लो समय बैंकको ब्याजदर घट्दो क्रममा छ । अर्थतन्त्रका बाह्य सूचकहरुमा पनि लगातार सुधार आइरहको छ । तर, लगानीकर्ताको मनोवल बढ्न नसक्दा नेप्सेले लय समात्न नसकेको हो ।

मंगलबार नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ विन्दुमा आइपुगेको छ । यसदिन २८४ कम्पनीको ९५ करोड रुपैयाँ बढीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.१२ प्रतिशतले घटेकोे छ । आज कारोबारमा आएका मध्ये जम्मा ३१ कम्पनीको मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सेयर सर्वाधिक किनबेच भएको छ । यसको पौने ८ करोड रुपैयाँको कारोबार भएको छ ।

दोहोरा अंकले घटेको माथिल्लो मैलुङ खोला हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज मेन्छियाम हाइड्रोपावरका सेयरधनीले भने ८.१३ प्रतिशत कमाएका छन् ।

जहाज चार्टर्ड गरी चिनियाँ खेलाडी पोखरा आउँदै Read Previous

जहाज चार्टर्ड गरी चिनियाँ खेलाडी पोखरा आउँदै

कञ्चनपुर-कमला सडक कालोपत्र सुरू, डेढ वर्षमा सकिने Read Next

कञ्चनपुर-कमला सडक कालोपत्र सुरू, डेढ वर्षमा सकिने