१० दिनपछि खुलेको नेप्सेमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा भने नेगेटिभ सर्किट

काठमाडौं । १० दिनपछि खुलेको सेयर बजारमा झिनो सुधार आएको छ । बजार खुल्ने बित्तिकै दोहोरो अंकले बढेको नेप्से अन्त्यमा १ अंकले मात्र बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको छ । यसदिन २८४ कम्पनीको १ अर्ब ९ करोड रुपैयाँ बढीको ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ को परिसूचक बढेको छ भने ४ को घटेको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले बढेकोे छ । आज कारोबारमा आएका मध्ये ११९ कम्पनीको सेयर मूल्य बढेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सेयर सर्वाधिक किनबेच भएको छ । यसको झन्डै साढे ७ करोड रुपैयाँको कारोबार भएको छ ।

झिनो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । जसमा ग्लोबल आइएमइ लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

फरवार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले बोलाए बैठक Read Previous

अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले बोलाए बैठक

आर्थिक शिथिलताका बाबजूद जीवन बीमा कम्पनीको नाफामा छलाङ, कुनले कति कमाए ? Read Next

आर्थिक शिथिलताका बाबजूद जीवन बीमा कम्पनीको नाफामा छलाङ, कुनले कति कमाए ?