फरवार्ड माइक्रोफाइनान्स ११ करोड घाटामा, प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ऋणात्मक

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ११ करोड ९ लाख रुपैयाँ नोक्सानीमा रहेको हो ।

जबकि लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी, सञ्चालन नाफा घट्नुका साथै खराब कर्जा अचाक्ली बढेर इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्त घाटामा गएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.८१ प्रतिशत घटेर २६ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन मुनाफा १० करोड ५१ लाख रुपैयाँ ऋणात्मक भएको छ । लघुवित्तको गत वर्ष पहिलो त्रैमासमा संचालन मुनाफा ९ करोड ३५ लाख रुपैयाँ थियो ।

लगानी गरेको ऋण असुली नहुँदा खराब कर्जा बढेपछि लघुवित्तले समीक्षा अवधिमा ३० करोड ४९ लाख रुपैयाँ प्रोभिजन गरेको छ । समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ४३ करोड निक्षेप संकलन गरी कुल १९ अर्ब १६ करोड ऋण लगानी गरेको छ ।

हाल १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर रिटेन्ड अर्निङमा ६० करोड ८८ लाख र जगेडा कोषमा १ अर्ब १४ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा ६० करोड ८८ लाख रुपैयाँ रहेको छ ।

घाटामा गएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३०.८९ रुपैयाँबाट घटेर ४२.०६ रुपैयाँ ऋणात्मक भएको छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २६५.६८ रुपैयाँ छ भने खराब कर्जा २.६ प्रतिशतबाट बढेर ६.२५ प्रतिशत पुगेको छ ।

९ वर्षमा पनि पूरा भएन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन, तत्काल १० अर्ब चाहिने Read Previous

९ वर्षमा पनि पूरा भएन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन, तत्काल १० अर्ब चाहिने

सूर्यज्योति लाइफले ल्यायो ‘सूर्यज्योति सही प्लान’ बीमा योजना, यस्ता छन् विशेषता Read Next

सूर्यज्योति लाइफले ल्यायो ‘सूर्यज्योति सही प्लान’ बीमा योजना, यस्ता छन् विशेषता