एनआइसी एशिया र कृषि विकास बैंकले घटाए ब्याजदर

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंक र निजी क्षेत्रको एनआइसी एशिया बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।

दुवै बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएका हुन् । एनआइसी एशिया बैंकले संस्थागत र व्यक्तिगत दुनै मु२ती निक्षेपको ब्याजदर एकल अंकमा झारेको छ भने कृषिले व्यक्तिगत मुद्दतीमा दोहोरो अंकको ब्याजदर दिने भएको छ ।

एनआइसीले मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.९६८ प्रतिशत ब्यादर तोककेको छ । व्यक्तिगततर्फ ३ महिनादेखि १५ वर्ष अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर ८.९६८ प्रतिशत तोकिएको छ । त्यस्तै, एनआइसीले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ६.९६८ प्रतिशत तोकेको छ ।

त्यसैगरी, कृषिले व्यक्तिगत मुद्दती निक्षेपमा ९.०१ देखि १०.५१२ प्रतिशतसम्म ब्याज दिने भएको छ । संस्थागत निक्षेपको ब्याज ८.०१२ प्रतिशत रहेको छ ।

कात्तिकमा कृषिको ब्याजदर व्यक्तिगत तर्फ ९.२६ देखि १०.७६ प्रतिशत र संस्थागततर्फ ८.२६ प्रतिशत रहेको छ । ब

आर्थिक मन्दी र आयातले घटायो स्वदेशी फूल खपत, बजार नपाउँदा किसान चिन्तित Read Previous

आर्थिक मन्दी र आयातले घटायो स्वदेशी फूल खपत, बजार नपाउँदा किसान चिन्तित

भूकम्प पीडितको आँगनमा आएन तिहार Read Next

भूकम्प पीडितको आँगनमा आएन तिहार