निर्धन उत्थान लघुवित्त १४ करोड नोक्सानीमा, खराब कर्जा १२ प्रतिशत नाघ्यो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था नोक्सानीमा गएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार १४ करोड ३० लाख घाटामा रहेको हो ।

लघुवित्तले गत वर्षको सोही अवधिमा ३ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्नुका साथै खराब कर्जा ह्वात्तै बढ्दा लघुवित्त नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले घटेर ४३ करोडमा सीमित भएको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तको संचालन मुनाफा १४ करोड ३३ लाख रुपैयाँ ऋणात्मक छ ।

असोज मसान्तसम्म लघुवित्तले २२ अर्ब ६६ करोड निक्षेप संकलन गरी २३ अर्ब २९ करोड कर्जा प्रवाह गरेको छ ।

हाल २ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ५ लाख, रिटेन्ड अर्निङमा ९ करोड ३३ लाख र जगेडा कोषमा १ अर्ब ८३ करोड रुपैयाँ संचित रहेको छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ९ करोड ३३ लाख रुपैयाँ ऋणात्मक छ ।

नोक्सानीमा गएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । गत वर्ष ५.९३ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी चालु वर्षमा २१.९० रुपैयाँ ऋणात्मक भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६६.६७ रुपैयाँ र खराब कर्जा १२.३५ प्रतिशत पुगेको छ ।

समयमै वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही, १ लाखसम्म जरिवाना Read Previous

समयमै वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही, १ लाखसम्म जरिवाना

पोखराको लेकसाइड २४ घण्टै खोल्न दिन आदेश Read Next

पोखराको लेकसाइड २४ घण्टै खोल्न दिन आदेश