काठमाडौं । सेयर बजारमा लगातार सुधार आएको छ । सोमबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ३ दिनमा नेप्से ३७ अंकले बढेको छ ।
बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा पुगेको छ । यसदिन २८८ कम्पनीको ७४ करोड रुपैयाँ बढीको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ उपसमूहको परसूचक घटेको छ भने ९ को बढेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.१६ प्रतिशतले बढेकोे छ ।
आज लगानीकर्ता सोनापुर मिनरल्स एयड आयलको सेयरमा आकर्षित भएका छन् । यसको सर्वाधिक ५ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
बढ्दो बजारमा आज ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सर्वाधिक ८.०६ प्रतिशत कमाएका छन् । त्यस्तै, पिपुल्स हाइड्रोपावर र नेपाल एसबीआई बैंकका सेयरधनीले ७ प्रतिशत कमाएका छन् ।