सुरक्षा मापदण्डमा बीवाइडी डल्फिन र सिलले पाए ‘फाइभ स्टार’

काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीले उत्पादन गरेको बीवाइडी डल्फिन र सिलले सुरक्षा मापदण्ड (क्रयास टेस्ट)मा फाइभ स्टार रेटिङ पाएका छन् ।

अस्ट्रेलियाको नयाँ कारको मूल्याङ्कन गरिने कार्यक्रम (एनक्याप) अन्तर्गतको नवीन एनक्याप परीक्षण दुवै कारले सुरक्षामा फाइभ स्टार रेटिङ पाएका हुन् ।

एनक्यापको रिपोर्ट अनुसार बीवाइडी सीलले अब्लीक्यू पोल परीक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अङ्क पाएको छ ।

यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ। यी नतिजाहरूले बीवाडीको सुरक्षा प्रतिको दृढ प्रतिबद्धताको प्रदर्शन गर्दछ।

त्यस्तै, डल्फिनले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरू मध्यमा सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अङ्क पाएको छ ।

अस्ट्रेलिया र न्यूजिल्याण्डको सवारी साधनको सुरक्षामा एनक्यापले सन् २०२३ देखि आफ्नो मूल्याङ्कनको मापदण्ड विस्तार गरेको थियो । नयाँ मापदण्ड अनुसार फाइभ स्टार रेटिङ सवारी साधनहरूले सबै परीक्षणहरूमा उच्चतम मापदण्ड प्राप्त गर्नुपर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरूले सुसज्जित भएको हुनुपर्छ।

यसअघि बीवाडी सिल र बीवाडडीले यूरो एनक्यापमा पनि सुरक्षाको मूल्याङ्कनमा फाइभ स्टार रेटिङ पाएका थिए ।

साइमेक्स इंकद्धारा भूकम्प प्रभावितलाई ११ लाख सहयोग Read Previous

साइमेक्स इंकद्धारा भूकम्प प्रभावितलाई ११ लाख सहयोग

लगानी साझेदारी गर्न कोरियाली लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह Read Next

लगानी साझेदारी गर्न कोरियाली लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह