काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकैपटक २ दर्जन निर्माण कम्पनी/आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले ती कम्पनीहरुलाई ७ दिने लिखित स्पष्टीकरण सोध्दै कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।
ती कम्पनीहरुले ठेक्का सम्झौता अनुसार काम नगरेपछि अनुगमन कार्यालयले यसअघि ३० दिनभित्र लिखित जवाफ पेश गर्न भनेको थियो । तर, हालसम्म पनि त्यसको जवाफ नआएको भन्दै कार्यालयले फेरि ७ दिनभित्र स्पष्टीरण पेश गर्न समय दिएको हो ।
अब ७ दिनभित्र ती कम्पनीहरुले चित्त बुझ्दो जवाफ पेश नगरे कार्यालयले कालोसूचीमा राख्ने छ ।
कार्यालयले इजोन निर्माण सेवा, चन्दननाथ नगरपालिका– ३, जुम्ला, रोहित निर्माण सेवा, बेल्वा–८, पर्सा, सभिल डेस्क इन्जिनियरिङ कन्सल्टेल्सी प्रालि, पुल्चोक, ललितपुर, भूमि इन्फ्रास्ट्रक्चर, विराटनगर, मोरङ, शिवालय विल्डर्स, हेटौंडा–६, मकवानपुर, धिताल बिल्डर्स, नौबस्ता – ०८, बाँके, कुटुम्ब कन्स्ट्रक्सन, ठाकुरबाबा–९, बर्दियालाई ७ दिने स्पष्टीकरण सोधेको हो ।
त्यसैगरी, जेके विल्डर्स, कोहलपुर– ११, बाँके, त्रिवेणी निर्माण सेवा, पुम्दीभुम्दी–४, कास्की, गजुरमुखी निर्माण कम्पनी, इलाम, लोहनी एण्ड ब्रदर्स, भरतपुर–७, चितवन, पञ्चपुरी कन्स्ट्रक्सन, सुर्खेत लगायत कम्पनीलाई स्पष्टीकरण सोधिएको छ ।