काठमाडौं । सेयर बजारमा लगातार सुधार आएको छ । सोमबार २१ अंकले बढेको नेप्से आज पनि दोहोरो अंकले बढेको हो ।
मंगलबार नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेको छ । यसदिन २८५ कम्पनीको ९९ करोड रुपैयाँ बढीको ४३ लाख ३१ हजार २२९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये निर्जीवन बीमा बाहेक अरु सबैको परिसूचकमा हरियाली छाएको छ । लगानी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५१ प्रतिशतले बढेकोे छ ।
आज हिमालयन बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज लक्ष्मी लघुवित्तका सेयरधनीले सर्वाधिक ८.१६ प्रतिशत कमाएका छन् । त्यस्तै, सोनापुर मिनरल्स र सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।