काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।