रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्णरूपमा क्षतिग्रस्त

रुकुमपश्चिम । भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए ।

नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ ।

समितिका अनुसार आठबिसकोट नगरपालिकामा ७ हजार १४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका ३ हजार १४६ घर पूर्णरुपमा र ७२२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् ।

चौरजहारी नगरपालिकामा १ हजार ९८७ घर पूर्ण र ४ हजार ३७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा २ हजार ३००  घर पूर्णरुपमा र ३ हजार५०० घरमा आशिंक क्षति पुगेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा १  हजार ९३५ घर पूर्ण र १ हजार २५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र १०७  घरमा आंशिक क्षति पुगेको छ ।

वायुसेवा निगम सुधारको प्रतिवेदन कार्यन्वयन गर्न समिति गठन Read Previous

वायुसेवा निगम सुधारको प्रतिवेदन कार्यन्वयन गर्न समिति गठन

पुष्प मेलामा लक्ष्यभन्दा धेरै कारोबार, सवा करोडको फूल बिक्री Read Next

पुष्प मेलामा लक्ष्यभन्दा धेरै कारोबार, सवा करोडको फूल बिक्री