वायुसेवा निगम सुधारको प्रतिवेदन कार्यन्वयन गर्न समिति गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिवेदन कार्यन्वयन सुझाव समिति गठन गरेको छ ।

मन्त्रालयले वायुसेवा निगमको संरचनागत र व्यवस्थापकिय व्यवस्थापन समितिको प्रतिवेदन कार्यन्वयन सुझाव समिति गठन गरेको हो ।

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यन्वयनका लागि निगमका पूर्व महाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सहसचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने छन् ।

पूर्वगर्भनर क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि व्यवसायिक र संरचनागत सुधारका लागि प्रतिवेदन तयार पारेको थियो । उक्त सुझाव कार्यन्वयनका लागि समिति तयार पारिएको मन्त्रलयले जनाएको छ ।

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने, प्रतिकिलो ११५ रुपैयाँमा बेच्नुपर्ने  Read Previous

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने, प्रतिकिलो ११५ रुपैयाँमा बेच्नुपर्ने 

रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्णरूपमा क्षतिग्रस्त Read Next

रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्णरूपमा क्षतिग्रस्त