नेप्सेमा दोहोरो अंकको ‘कमब्याक’, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सुधार आएको छ । गत मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्से ५१ अंकको गिरावटपछि सोमबार दोहोरो अंकले कमब्याक गरेको हो ।

यसपटक पनि नेप्से १८०० आसपास विन्दुबाट फर्किएको हो । पछिल्लो दुई वर्षमा ४ पटक १८०० विन्दु हाराहारीमा आएको नेप्से त्यसैलाई सपोर्ट मानेर बढ्ने गरेको थियो । यसपटक पनि सपोर्ट बिन्दुबाटै फर्कने लगानीकर्ताकाे अपेक्षा अनुसार नेप्से फर्केकाे हाे ।  यद्यपि, एकदिन बढ्दैमा अब नेप्सेले गति नै लिन्छ भन्ने निश्चित छैन ।

सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ । यसदिन २८३ कम्पनीको ९३ करोड रुपैयाँ बढीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ३.७४ प्रतिशतले बढेकोे छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हाथवे इन्भेष्टमेन्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

निर्माण सामग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प Read Previous

निर्माण सामग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प

भाइमसलाको मूल्य किलोकै २२०० रुपैयाँसम्म, यस्तो छ सामान अनुसार बजार भाउ Read Next

भाइमसलाको मूल्य किलोकै २२०० रुपैयाँसम्म, यस्तो छ सामान अनुसार बजार भाउ