सानिमा बैंकले दियो भूकम्प प्रभावितलाई २५ लाख

काठमाडौं । सानिमा बैंकले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितको सहयोगका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले भूकम्प प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितको राहतका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरिएको बैंकले जनाएको छ ।

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटमा १०५ र रुकुम पश्‍चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको थियो भने १०० बढी घाइते भएका छन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।

 

'नयाँ गाँउ' रिसोर्टको तिहार अफर, ३५०० रूपैयाँमा कपलका लागि ‘फूलबोर्ड प्याकेज’ Read Previous

'नयाँ गाँउ' रिसोर्टको तिहार अफर, ३५०० रूपैयाँमा कपलका लागि ‘फूलबोर्ड प्याकेज’

निर्माण सामग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प Read Next

निर्माण सामग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प