काठमाडौं । हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा चहलपहल सुरू भएको छ ।
तिहार सुरू हुन ४ दिन मात्र बाँकी रहँदा काठमाडौंका प्रमुख व्यापारिक केन्द्रहरू जमल, असन, इन्द्रचोक, ठमेल, दरबारमार्ग, भृकुटीमण्डप लगायतका बजारमा सामान किन्ने मानिसहरुको भीड बढ्न थालेको हो ।
बजारमा तिहारका लागि आवश्यक सामग्रीह बिक्रीका लागि सजाएर राख्न थालिएको । बजारमा तिहारमा बालिने, झिलिमिली बत्ती, दियो, फूल माला, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीका लगायतका वस्तुहरु बिक्रीम राखिएका छन् ।

बजारमा तिहारको सामान किन्नेको भीड बढ्न थालेको व्यापारीरू बताउँछन् । अन्य समय पनि भीडभाड हुने असन, इन्द्रचोक लगायत क्षेत्रहरु चाडपर्वको समयमा मेला लागे जस्तै देखिएका छन् ।

