काठमाडौं । एनआईसी एसिया बैंकले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितलाई ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बैंकले भूकम्प प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितको राहतका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरिएको बैंकले जनाएको छ ।
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको थियो भने १०० बढी घाइते भएका छन् ।