नाफामा इन्भेष्टमेन्ट मेगा बैंकले नबिललाई उछिन्यो, ३ महिनामा १.५२ अर्ब कमायो

काठमाडौं । नेपाल इन्भेटमेन्ट मेगा बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ३३.४६ प्रतिशतले बढेको हो ।

बैंकले असोज मसान्तसम्म १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३८ करोड रुपैयाँ बढी हो । बैंकले गत वर्ष पहिलो त्रैमासमा १ अर्ब १४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा उल्लेख्य सुधार आउँदा खुद नाफामा बढोत्तरी आएको हो ।

पहिलो त्रैमासमा इन्भेष्टमेन्टले खुद नाफामा नबिल बैंकलाई उछिन्दै सर्वाधिक नाफा बमाउने वाणिज्य बैंक बनेको छ । इन्भेष्टमेन्टले नबिलकोभन्दा५ करोड ७० लाख रुपैयाँ धेरै नाफा कमाएको छ । नबिलले असोजसम्म १ अर्ब ४६ करोड ९३ लाख खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा इन्भेष्टमेन्टको खुद ब्याज आम्दानी ९३.२८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ३४अर्ब १२ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ८५ करोड ३२ लाख ऋणात्मक छ । जगेडा कोषमा २५ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १ करोड रुपैयाँ ऋणात्मक छ ।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । गत वर्ष २४.९२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ७.०८ रुपैयाँ घटेर १७.८४ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७३.३७ रुपैयाँ, खराब कर्जा ४.८३ प्रतिशत, बेसरेट ९.९९ प्रतिशत र सीडी रेसियो ८३.८२ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमई बैंकको नाफामा झिनो सुधार, खराब ४.३८ प्रतिशत पुग्यो Read Previous

ग्लोबल आइएमई बैंकको नाफामा झिनो सुधार, खराब ४.३८ प्रतिशत पुग्यो

धुलिखेलबाट तस्करीकाे १० क्विन्टल चिनी बरामद Read Next

धुलिखेलबाट तस्करीकाे १० क्विन्टल चिनी बरामद