काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आज बिहान एफपीओ बाँडफाँट गरेको हो ।
एसबीआई मर्चेन्टका अनुसार गोलाप्रथाबाट १२ हजार ३८१ जनाले सेयर हात पारेका छन् । सोमध्ये १२ हजार ३७४ जनाले १० कित्ता, ६ जनाले ११ कित्ता र एक जनाले १०.४५ कित्ता सेयर हात पारेका छन् ।
लघुवित्तले सर्वसाधारणका लागि असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ बिक्रीम ल्याएको थियो । जसमा कुल १३ लाख २१ हजार ५२६ जनाले आवेदन दिएका थिए । सोमध्ये १३ लाख २० हजार २०३ जनाको आवेदन मात्र स्वीकृत भएको क्यापिटलले जनाएको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।