घट्यो डिजेल र मट्टीतेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै भारतीय आयल निगमले पनि भाउ घटाएर पठाएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलको मूल्य प्रतिलिटर १.५१ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ९३.६० रुपैयाँ बढेर आए पनि चाडपर्वको बेला उपभोक्ताको हितलाई ध्यानमा राख्दै यथावत राखिएको नियगमको भनाइ छ । यसअघि निगमले असोज २८ गते पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँ घटाएको थियो ।

राष्ट्रसंघका महासचिव गुटेरेसले संसदमा के-के भने ? यस्तो छ पूर्ण पाठ Read Previous

राष्ट्रसंघका महासचिव गुटेरेसले संसदमा के-के भने ? यस्तो छ पूर्ण पाठ

काठमाडौं महानगरको राजस्व संकलन २५% बढ्यो, २ महिनामै उठायो १ अर्ब १७ करोड Read Next

काठमाडौं महानगरको राजस्व संकलन २५% बढ्यो, २ महिनामै उठायो १ अर्ब १७ करोड