डिसहोमको १ वर्षको नेट जोड्दा २ वर्षको सेवा पाउने अफरको समय थप

काठमाडौं । डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफरको समयवधि थप गरेको छ ।

कम्पनीले दशैंको अवसरमा ल्याएको उक्त अफर छठ पर्वको दिनसम्म अर्थात मङ्सिर ३ गतेसम्म थप गरेको हो ।

कम्पनीको उक्त अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाइभ–जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाइ-६ राउटर पाउने थिए ।

उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले १२ महिना बोनस पाउने अफर मंसिर ३ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ ।

चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डीएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल समेत गरेको छ ।

अर्थमन्त्री डा. महत र बेलायतका ट्रेजरीमन्त्री बीच भेटवार्ता, हरित ऊर्जामा लगानी गर्न आग्रह Read Previous

अर्थमन्त्री डा. महत र बेलायतका ट्रेजरीमन्त्री बीच भेटवार्ता, हरित ऊर्जामा लगानी गर्न आग्रह

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण पर्यटन प्रवर्द्धनका लागि कति महत्वपूर्ण ? Read Next

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण पर्यटन प्रवर्द्धनका लागि कति महत्वपूर्ण ?