नेरुडे र मिर्मिरे लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति, स्वाप रेसियो कति ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले दुई लघुवित्त मर्ज हुन कात्तिक ३ गते अन्तिम स्वीकृति दिएको हो । मर्जरपछि दुवै लघुवित्तले ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् ।

मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेका दुई लघुवित्त मर्ज हुन लागेका हुन् ।

दुवै लघुवित्त समान हैसियत अर्थात् १ः१ सेयर अनुपातमा मर्ज हुने भएका हुन् । दुई लघुवित्त बीच गत पुस ११ गते गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो भने चैत १६ गते अन्तिम सम्झौता गरेका थिए ।

हाल नेरुडेको चुक्ता पूँजी ७३ करोड २० लाख रुपैयाँ रहेको छ मिर्मिरेको ६५ करोड ३३ लाख रुपैयाँ रहेको छ । मर्जपछि नयाँ एकीकृत चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।

'सिङ्गल स्पान' प्रविधिको विश्वको दोस्रो लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा Read Previous

'सिङ्गल स्पान' प्रविधिको विश्वको दोस्रो लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

२७ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक Read Next

२७ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक