अवैध निकासी/पैठारी रोक्न नेपाल-भारत सिमा नाकामा कडाइ गरिने

वीरगञ्ज । नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी/पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ ।

पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागुऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपाराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए ।

यस्तै, बैठकमा सिमानाकाबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी तथा तस्करीलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको प्रजिअ रेग्मीले बताए।

भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई मध्यनजर गरी सिमाक्षेत्रको सुरक्षा प्रबन्धलाई चुस्तदुरुस्त बनाउने र दुवै मुलुकका सुरक्षा अधिकारीबीच सहकार्य गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय भएको प्रजिअ रेग्मीको भनाइ छ । बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डीएम सौरभ जरुवालले नेतृत्व गरेका थिए ।

१० दिनपछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से फेरि १९०० बिन्दु तल झर्‍यो Read Previous

१० दिनपछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से फेरि १९०० बिन्दु तल झर्‍यो

पोखरामा बस दुर्घटना हुँदा २५ बढी घाइते Read Next

पोखरामा बस दुर्घटना हुँदा २५ बढी घाइते