सुनको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बिहीबार इतिहासकै सर्वाधिक उच्च बिन्दुमा पुगेको सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १८०० रुपैयाँले बढेर १ लाख १५ हजार ५०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि बिहीबार इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । दसैं, तिहार जस्ता चाडवाड र विहेको सिजन सुरु भएकाले बजारमा सुनको माग बढेको व्यवसायीहरु बताउँछन् ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १८०० रुपैयाँले बढेर १ लाख १४ हजार ९५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।

असोज पहिलो सातादेखि सुनको भाउ लगातार घटेर प्रतितोला १ लाख ६ हजार रुपैयाँसम्म झरेको थियो । जुन गत वैशाख यताकै सस्तो हो । तर, असोज तेस्रो साताबाट फेरि उकालो लागेको सुनको मूल्यले चाडवाडको सिजनमा नयाँ रेकर्ड कायम गरेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९४४.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कात्तिक २१ गतेदेखि प्रिमियममा आइपीओ बेच्दै हिमालयन रि-इन्स्योरेन्स Read Previous

कात्तिक २१ गतेदेखि प्रिमियममा आइपीओ बेच्दै हिमालयन रि-इन्स्योरेन्स

ग्वार्को-लामाटार सडकमा ३५७ स्मार्ट लाइट जडान, लुभुमा चार्जिङ स्टेशन बन्ने Read Next

ग्वार्को-लामाटार सडकमा ३५७ स्मार्ट लाइट जडान, लुभुमा चार्जिङ स्टेशन बन्ने