माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख २८ हजार ४२० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने साढे १० लाख बढीको हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असोज १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १२ लाख ८४ हजार २०० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओमा कुल ११ लाख ९० हजार २९६ जनाले आवेदन दिएका थिए । सोमध्ये रीतपूर्वक आवेदन परेका ११ लाख ८५ हजार ६४२ जनालाई गोलाप्रथामा समावेश गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रबर्धन गरिरहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक सानिमा क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

लचिलो नीतिका बाबजूद २ महिनामै २७ अर्बले घट्यो सवारी कर्जा Read Previous

लचिलो नीतिका बाबजूद २ महिनामै २७ अर्बले घट्यो सवारी कर्जा

नागढुङ्गा सुरुङमार्ग : जमिन भासिएको स्थानका बासिन्दाले मासिक २५ हजारसम्म घरभाडा पाउने Read Next

नागढुङ्गा सुरुङमार्ग : जमिन भासिएको स्थानका बासिन्दाले मासिक २५ हजारसम्म घरभाडा पाउने