घट्यो सेयर बजार, यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ४.०५ अंकले घटेको हो । यसदिन परिसूचक१९०३.८४ को विन्दुमा आएको छ । मंगलबार १३ अंकले बढेको नेप्सेमा बुधबार ४३ अंकले बढेको थियो ।

पछिल्ला दुई दिनमै ५६ अंकले बढेको नेप्से फेरि ओरालो लागेको छ । आज २८४ कम्पनीको ३७ लाख कित्ता बढी सेयर ९७ करोड रुपैयाँमा कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयर ५ करोड ९० लाख रुपैयाँ बराबरको किनबेच भएको छ । प्रभु बैंकको पनि ५ करोड रुपैयाँ बढीकै संस्थापक सेयर किनबेच भएको छ ।

यसदिन सिटिजन म्युचअल फन्डको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले बढेको छ । दोस्रोमा वीपीडब्लु लघुवित्तको ४.७६, सानिमा जिआइसीको ४.३३ र सेन्चुरी डिबेन्चरको मूल्य ४ प्रतिशतले बढेको छ ।

सामान्य अंकले घटेको बजारमा सबैभन्दा धेरै अपरसोलु हाइड्रोइलेक्ट्रिसिटिका लगानीकर्ताले ८.२५ प्रतिशतले गुमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.७३ प्रतिशतले गुमाएका छन् । आशा लघुवित्तको ६.६ र सयपत्रि हाइड्रोपावरको सेयर मूल्यमा ५.२२ प्रतिशतले गिरावट आएको छ ।

सीमापारी  रक्सौलमा भीडभाड, वारी वीरगञ्ज बजार सुनसान Read Previous

सीमापारी  रक्सौलमा भीडभाड, वारी वीरगञ्ज बजार सुनसान

नीतिगत लचकताले घरजग्गा कारोबारमा सुधार, असोजमा झन्डै ४० हजार किनबेच Read Next

नीतिगत लचकताले घरजग्गा कारोबारमा सुधार, असोजमा झन्डै ४० हजार किनबेच