कात्तिक १६ गतेदेखि आइपीओ बिक्री गर्दै भिजन लुम्बिनी ऊर्जा

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २० करोड ७५ लाख २८ हजार ५०० रुपैयाँ बराबरको २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा मंसिर १ गतेसम्म आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत आवेदन दिन पाउने छन् ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी’ इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

प्राधिकरणले भारतलाई एक महिनामै बेच्यो ४ अर्बको बिजुली, जेठ यता पौने १२ अर्बको निर्यात Read Previous

प्राधिकरणले भारतलाई एक महिनामै बेच्यो ४ अर्बको बिजुली, जेठ यता पौने १२ अर्बको निर्यात

अर्थतन्त्रमा बाह्य दबाब हट्दा आन्तरिक क्षेत्रमा किन देखिँदैन सुधार ? Read Next

अर्थतन्त्रमा बाह्य दबाब हट्दा आन्तरिक क्षेत्रमा किन देखिँदैन सुधार ?