मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लालाई झन्डै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रमा उनले यस्तो घोषणा गरेका हुन् ।

उनले जलवायु संरक्षणका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने बताएका हुन्।

‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो ५० करोड नै मुस्ताङलाई दिन्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।

जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको उनले बताए ।

उनले गत साउनको बाढीले क्षति पुर्याएको कागबेनीलगायत क्षेत्रको निरीक्षण पनि गरेका छन् ।

सेना र सशस्त्र प्रहरीद्धारा दसैंमा घर जाने कर्मचारीलाई निःशुल्क बस सेवा Read Previous

सेना र सशस्त्र प्रहरीद्धारा दसैंमा घर जाने कर्मचारीलाई निःशुल्क बस सेवा

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्यो, एकको मृत्यु, ८ घाइते Read Next

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्यो, एकको मृत्यु, ८ घाइते