मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्यो, एकको मृत्यु, ८ घाइते

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बाप ०३-००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका-१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।

दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् । ‘घाइते भएका सबैको अवस्था सामान्य छ । अहिले उहाँहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ,’ श्रेष्ठले भने ।रासस

मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा Read Previous

मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

आजदेखि काठमाडौंका यी तीन सडक 'वान वे’ Read Next

आजदेखि काठमाडौंका यी तीन सडक 'वान वे’