सानिमा सेक्युरिटिजद्धारा औपचारिक रूपमा सेवा सुरू

काठमाडौं । सानिमा सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ८३) ले विधिवत रुपमा आफ्ना सेवा सुरू गरेको छ । सानिमाले असोज २९ गतेदेखि औपचारिक रुपमा आफ्नो कारोबार सुरू गरेको हो ।

सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र सानिमा सेक्युरिटिजका संचालकहरुले  संयुक्त रुपमा सेवाको उद्घाटन गरेका हुन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले  सानिमा सेक्युरिटिजको विधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको  रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए । साथै, उनले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा सेक्युरिटिजले गत साउन १० गते नेपाल धितोपत्र बोर्डबाट इजाजत पाएको थियो भने भदौ २५ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर पाएको थियो ।

 

सिप्रदियनको सहायतामा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष Read Previous

सिप्रदियनको सहायतामा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

कलंकी-वसुन्धारा सडक विस्तार : चिनियाँले डीपीआर बनाउँदै, काम सुरू हुन अझै १ वर्ष लाग्ने Read Next

कलंकी-वसुन्धारा सडक विस्तार : चिनियाँले डीपीआर बनाउँदै, काम सुरू हुन अझै १ वर्ष लाग्ने