काठमाडौं । सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाको सहायतमा काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ।
सिप्रदियनले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै यात्रु सहायत कक्ष राखेको हो ।
दशैं मनाउन उपत्यका छोड्न यात्रुको सहजीकरणका लागि उपत्यकाको बल्खु, नयाँबसपार्क, स्वयम्भू, चाबहिल, तिलगंगा, वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएको छ । त्यसैले यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ।
उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महंगो टिकट मूल्य, टिकट नपाउने संग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागु हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ ।
यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सुसूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ । साथै यसले यात्रुहरुलाई उनीहरुकै सुरक्षाका लागि यो व्यवस्था गरिएको अनुभूति दिलाउने छ ।