अफलाइन राइड गर्ने पठाओ र इनड्राइभका ८३ चालक कारबाहीमा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ ।

काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध गरिएको छ ।

तीन दिनमै डेढ लाख यात्रुले छाडे काठमाडौं, बसपार्कमा भीड Read Previous

तीन दिनमै डेढ लाख यात्रुले छाडे काठमाडौं, बसपार्कमा भीड

चालु वर्षमा म्याग्दीका ६ वटा सडक कालोपत्र हुने Read Next

चालु वर्षमा म्याग्दीका ६ वटा सडक कालोपत्र हुने