खाद्य कम्पनीका ४०० खसीबोका सोमबार बिहान काठमाडौं आइपुग्दै

काठमाडौं । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले सोमबार ४०० खसीबोका काठमाडौं ल्याउने भएको छ । कम्पनीकी सूचना अधिकारी सर्मीला सुवेदीले खसीबोका हेटौँडाबाट साेमबार बिहान काठमाडौं आइपुग्ने बताइन ।

दिउँसो फेरि तुलसीपुरबाट पनि खसीबोका काठमाडौं ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । उनले उक्त खसीबोका ल्याए पछि मूल्य तोकिने बताइन् । बिक्री मूल्यलाई आधार मानेर बजारमा सन्तुलन बनाइराख्न सरकारले हरेक वर्ष खसीबोका ल्याएर बिक्री गर्ने गरेको छ ।

‘भोलि बिहान र बेलुकासम्ममा ४०० हाराहारी खसीबोका काठमाडौं आइपुग्छन्, हेटौँडा र तुलसीपुरबाट खसीबोका ल्याउन लागेको हो, मूल्य तोकेको छैन, मूल्य तोकिन साथ बिक्री सुरु गर्नेछौँ,’ सुवेदीले चाणक्य पोष्टसँग भनिन् ।

यस वर्ष दशैँका लागि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले ८ करोड रुपैयाँ लगानीमा २ हजार खसीबोका र १ हजार च्याङग्रा ल्याउन लागेको हो ।

खाद्य कम्पनीले जिउँदो खसीबोकामा प्रतिकिलाे १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।

खसी-बोकाको स्वास्थ्य परीक्षण गर्न ११ स्थानमा चिकित्सकसहितको टोली परिचालन Read Previous

खसी-बोकाको स्वास्थ्य परीक्षण गर्न ११ स्थानमा चिकित्सकसहितको टोली परिचालन

दसैँमा यातायातको सहज प्रबन्ध गर्न संसदीय समितिको निर्देशन Read Next

दसैँमा यातायातको सहज प्रबन्ध गर्न संसदीय समितिको निर्देशन