एनएमबी बैंकको पुतलीसडक शाखामा ‘ई-पेमेन्ट हब’

काठमाडौं । एनएमबी बैंकको पुतलीसडक शाखामा एनएमबी ई-पेमेन्ट हबको उद्घाटन गरिएको छ।

यस हबको प्रयोग गरी ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीईइ, एसएटी, यूएसएमएलई, फ्लाइवइर, स्विफ्ट, जीआरई, एसीसीए लगायत विविध अनलाइन भुक्तानी सेवा लिन सकिने बैंकले जनाएको छ।

एनएमबी इपेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

एनएमबी बैंकले हाल देशभरका २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।

गाजाका ११ लाख जनतालाई सहर खाली गर्न इजराइली सेनाको आदेश Read Previous

गाजाका ११ लाख जनतालाई सहर खाली गर्न इजराइली सेनाको आदेश

लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना Read Next

लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना