काठमाडौंका यी ठाउँमा लगातार ११ दिनसम्म विद्युत् सेवा प्रभावित हुने

काठमाडौं । काठमाडौंको एकदर्जन बढी ठाउँमा आजदेखि कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले लौनचौरस्थित सबस्टेसन स्तरोन्नति गर्न लागेकोले काठमाडौंका विभिन्न स्थानमा आजदेखि कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने जानकारी गराएको हो । ।

प्राधिकरण काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ केभी सबस्टेसन स्तरोन्नतिका लागि उक्त सबस्टेसनबाट सञ्चालित विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्यूरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण आजदेखि कात्तिक ४ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

दक्ष नेपाली श्रमिक अब रोजगारीका लागि जर्मनी जान पाउने Read Previous

दक्ष नेपाली श्रमिक अब रोजगारीका लागि जर्मनी जान पाउने

टेरामक्स र स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन Read Next

टेरामक्स र स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन