सिद्धार्थ बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको असोज २४ गते बसेको बैठकले सेयरधनीलाई करसहित ४.२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ८.९५ प्रतिशत विन्दु कम हो । बैंकले सो आवमा १३.१६ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

लगानी नहुँदा बैंकमा पैसा थुप्रिएको थुप्रियै, असोजमा मात्रै थपियो १ खर्ब निक्षेप Read Previous

लगानी नहुँदा बैंकमा पैसा थुप्रिएको थुप्रियै, असोजमा मात्रै थपियो १ खर्ब निक्षेप

सहकारीमा बचतको सीमा हटाइयो, ५० करोड बढी पूँजी भएलाई राष्ट्र बैंकले नियमन गर्ने Read Next

सहकारीमा बचतको सीमा हटाइयो, ५० करोड बढी पूँजी भएलाई राष्ट्र बैंकले नियमन गर्ने