मिर्मिरे लघुवित्तको एफपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने

FPO

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज (कार्यालय समय)देखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गर्ने भएको छ। लघुवित्तले संस्थापक र सर्वसाधरणको सेयर हिस्सा मिलाउन एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले लघुवित्तको एफपीओमा असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन पाइने छ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

मुस्ताङबाट ५० करोडको स्याउ निकासी, उत्पादन भने ४० प्रतिशत घट्यो Read Previous

मुस्ताङबाट ५० करोडको स्याउ निकासी, उत्पादन भने ४० प्रतिशत घट्यो

नारायणगढ-बुटवल सडक : ३ पटक म्याद थप्दा भौतिक प्रगति ४१% मात्र, १६ किमी कालोपत्र Read Next

नारायणगढ-बुटवल सडक : ३ पटक म्याद थप्दा भौतिक प्रगति ४१% मात्र, १६ किमी कालोपत्र