काठमाडौं । सेयर बजारमा सुधार आएको छ । यस साता अघिल्ला तीन दिननमै ६७ अंकले घटेको नेप्से आज सामान्य अंकले बढेको हो ।
बुधबार नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि आज करोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोडले घटेर १ अर्ब ८ करोमा सीमित भएको छ । आज २८६ कम्पनीको ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.८० प्रतिशतले बढेको छ ।
आज माण्डू हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटी होटलको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने माण्डू हाइड्रोपावर, हाथवे इन्भेटमेन्ट, सयपत्री हाइड्रोपावर र समता लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।