नेपाली ल्याउन निगमको जहाज आज राति इजरायल जाँदै

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज राति नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज जाने भएको छ ।

सरकारले हमास–इजरायल द्धन्द्धका कारण फसेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार निगमको जहाज आज राति ११ बजे उड्ने छ । सो जहाज दुबई ट्रान्जिट भएर इजरायल जाने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार पर्यटनमन्त्री, नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउन निर्देशन दिएका थिए । तर, इजरायलले अनुमति नदिँदा केही ढिलाइ भएको हो ।

शनिबार बिहान प्यालेष्टानी विद्रोही समूह हमासले इजरायमा आक्रमण गर्दा १० नेपालीको मृत्यु भएको थियो । त्यसपछि सरकारले नेपाल फर्कन चाहनेलाई अनलाइन आवेदन दिन आह्वान गरेको थियो । सो अनुसार ३५० बढीले नेपाल फर्कन आवेदन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । र, तिनै नेपाली ल्याउन सरकारले आज जहाज पठाउने भएको हो ।

युरोपको सबैभन्दा ठूलो जर्मनीको अर्थतन्त्र गहिरो मन्दीतर्फ Read Previous

युरोपको सबैभन्दा ठूलो जर्मनीको अर्थतन्त्र गहिरो मन्दीतर्फ

सेयर बजारमा सुधार, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारमा सुधार, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट