बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठ १ करोड धरौटीमा रिहा

काठमाडौं । बैंक अफ काठमाण्डुका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई बैंकिङ कसुरमा एक/एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

न्यायाधीश सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दाको अनुसन्धान गर्ने उच्च अदालतको आदेश बदर गर्दै धरौैटीमा छाड्न आदेश दिएको हो ।

 

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध श्रेष्ठ र बोहरा सर्वोच्च अदालतमा गएका थिए ।

बुद्ध एयरले प्रादेशिक उडान भर्ने Read Previous

बुद्ध एयरले प्रादेशिक उडान भर्ने

नेपाल एयरलाइन्सले सबै जहाजमा भ्रमण वर्षको लोगो राख्ने Read Next

नेपाल एयरलाइन्सले सबै जहाजमा भ्रमण वर्षको लोगो राख्ने