नेप्सेमा उच्च अंकको गिरावट, सेयर कर्जाको सीमा बढाउँदा पनि लगानीकर्ता भएनन् उत्साही

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता ४७ अंकले घटेको नेप्से आज एकैदिन ३५ अंकले घटेको हो ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा बढाए पनि लगानीकर्ताको मनोवल बढ्न सकेको देखिएन । राष्ट्र बैंकले गत शुक्रबार १२ करोडको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागतका लागि २० करोड बनाएको थियो ।

सेयर धितो कर्जाको सीमा थोरै बढाए पनि जोखिम भार १५० प्रतिशत कायमै राख्दा लगानीकर्ता आशावादी बन्न नसकेका हुन् । लगानीकर्ताले लामो समयदेखि सेयर धितो कर्जाको सीमा हटाउनु पर्ने र जोखिमभार घटाउनुपर्ने माग राख्दै आएका छन् ।

आइतबार नेप्से परिसूचक ३५.६५ अंकले घटेर १९२१.२४ विन्दुमा आइपुगेको छ । यसदिन २८९ कम्पनीको १ अर्ब ८० करोड रुपैयाँ बढीको ५८ लाख १५ हजार १८९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २.७२ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै पौने ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन लघुवित्त र गरिमा डिबेन्चर २०८५ को सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

बीआरआई परियोजना कार्यान्वयन गरिन्छ, अब प्राथमिकताका साथ अघि बढाइन्छ : प्रधानमन्त्री Read Previous

बीआरआई परियोजना कार्यान्वयन गरिन्छ, अब प्राथमिकताका साथ अघि बढाइन्छ : प्रधानमन्त्री

मेलम्चीको खानेपानीको नयाँ ‘हेडवर्क’ एक किलोमिटर सार्नुपर्ने Read Next

मेलम्चीको खानेपानीको नयाँ ‘हेडवर्क’ एक किलोमिटर सार्नुपर्ने