घटस्थापनादेखि रुट परमिट खुला, जुनसुकै रुटमा गाडी चलाउन पाइने

काठमाडौं । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।

असोज १९ गते बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी लगायत सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार दशैंको समयमा हुने यात्रुको चापलाई मध्येनजर गर्दै देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन पाइने छ । यद्यपि, कुनै बाटोमा विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका गाडी भने चलाउन नपाइने विभागले जनाएको छ ।

यस्तै, विभागले असोज २८ देखि कात्तिक ८ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

विभागका अनुसार खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलर लगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाउने जनाएको छ ।

 

पोखरामा भारतीय पर्यटकको चहलपहल बढ्यो Read Previous

पोखरामा भारतीय पर्यटकको चहलपहल बढ्यो

काठमाडौं महानगरसहित ३३२ पालिकाले तिरेनन् ६ अर्ब विद्युत् महसुल, तिर्न ४५ दिनको अल्टिमेटम Read Next

काठमाडौं महानगरसहित ३३२ पालिकाले तिरेनन् ६ अर्ब विद्युत् महसुल, तिर्न ४५ दिनको अल्टिमेटम