काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ । पछिल्लो समय लगातर ओरालो लागेको बजारमा आज दोहोरो अंकले घटेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले गतवर्षको नाफाबाट आकर्षक लाभांश वितरण गरिरहेको र सुधारन्मुख पहिलो त्रैमासिक रिर्पोट सार्वजनिक गरिरहँदा समेत लगानीकर्तालाई त्यसले तान्न सकेको छैन् ।
सेयर बजारमा रहेका विद्यमान समस्याहरु समाधानको लागि सरकारले सक्रियता नदेखाउँदा लगानीकर्ता निराशावादी हुनाले दिनदिनै बजार घट्दो क्रम जारी रहेको हो ।
आज सेयर बजार मापक सूचक नेप्से १०.५४ अंकले घटेर १११०.०८ विन्दुमा पुगेको छ । आज १६२ कम्पनीको २८ करोड ५ लाख ३४ हजार ४१५ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख २९ हजार ७४४ कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १६२ कम्पनी मध्ये १२२ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य मात्र बढेको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका १२ वटै समूहकै सूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५७.१७ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड ११ लाख ५९ हजार ४ सय रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र साना किसान विकास लघुवित्तको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको १ करोड ३७ लाख र साना किसानको १ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद-बिक्री भएको छ ।
आज नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले घटेको छ ।