सानिमा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (असोज २२ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

बैंकले गत वर्षको नाफाबाट घोषणा गरेको १४.७९ प्रतिशत (९% बोनस सेयर र करसहित ५.७९% नगद) लाभांश घोषणा गरेको छ ।

बैंकले प्रस्तावित लाभांश पारित गर्न कात्तिक २ गते १९ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा कुण्डलिनी दरबार ब्याङ्गकेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

स्वास्थ्य बीमामा हैरानी खेप्दै बिरामी, औषधि लिन महिना कुर्नुपर्ने Read Previous

स्वास्थ्य बीमामा हैरानी खेप्दै बिरामी, औषधि लिन महिना कुर्नुपर्ने

आजदेखि देशभरका यी ९८ स्थानमा सुपथ पसल संचालन हुँदै, केमा कति पाइन्छ छुट ? Read Next

आजदेखि देशभरका यी ९८ स्थानमा सुपथ पसल संचालन हुँदै, केमा कति पाइन्छ छुट ?