काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धिताे कर्जाकाे सीमा पुनरावलोकन गरेकाे छ ।राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै सेयर धिताे कर्जाको सीमा संशोधन गरेकाे हाे ।
राष्ट्र बैकले हाल कायम रहेकाे सेयर धिताे कर्जाको १२ करोडकाे सीमा बढाएकाे छ । याेसँगै अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म सेयर धिताे कर्जा लिन पाउनेछन् । यसअघि सबैलाई १२ कराेडकाे सीका कायम गरिएकाे थियाे ।
यसैगरी, राष्ट्र बैंकले जारी गरेकाे एकीकृत निर्देशन २०७९ मा कर्जाको नोक्सानी व्यवस्थामा पनि खुकुलाे नीति लिइएकाे छ ।
असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने विद्यमान व्यवस्था संशोधन गर्दै १.२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेकाे छ ।