भायानेटकाे ‘चाडमा चौका’ अफर : ८ हजार ४०० रुपैयाँमै एक वर्ष १२५ एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ‘चाडमा चौका’ अफर ल्याएको छ । कम्पनीले नजिकिँदै गरेका दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

यस अफर अन्तर्गत कम्पनीले वार्षिक ८ हजार ४०० रुपैयाँमै १२५ एमबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यो बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो।

भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ।

वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशतसम्म छुटका लागि योग्य हुनेछन्। त्यसैले यस अभियानको नाम ‘चाडमा चौका’ राखिएको छ।

यो अफर आगामी मंसिर ९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

६१ किलो सुन तस्करी बारे जाँचबुझ आयोगले थाल्यो काम Read Previous

६१ किलो सुन तस्करी बारे जाँचबुझ आयोगले थाल्यो काम

बचतकर्ताको साढे ४ करोड हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष पक्राउ Read Next

बचतकर्ताको साढे ४ करोड हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष पक्राउ