सोनापुर मिनरल्सको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज १४ गतेदेखि सर्वसाधरणका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने म्याद बुधबार २८ गतेसम्म थपेको थियो । तर, बुधबार नै मागभन्दा बढी आवेदन परेपछि कम्पनीले आजै आइपीओ बिक्री बन्द गर्ने भएको हो ।

कम्पनीले सर्वसाधरणका लागि अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थपि प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

माथिल्लो मैलुङ खोलाको आइपीओ खुल्यो, १० हजार कित्तासम्म भर्न पाइने Read Previous

माथिल्लो मैलुङ खोलाको आइपीओ खुल्यो, १० हजार कित्तासम्म भर्न पाइने

ग्वार्को 'फ्लाइ ओभर' निर्माण तीव्र गतिमा, दैनिक २१ घण्टासम्म काम गरिँदै  Read Next

ग्वार्को 'फ्लाइ ओभर' निर्माण तीव्र गतिमा, दैनिक २१ घण्टासम्म काम गरिँदै