माथिल्लो मैलुङ खोलाको आइपीओ खुल्यो, १० हजार कित्तासम्म भर्न पाइने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ८४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकत १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । उक्त आइपीओमा असोज २२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा कात्तिक २ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

दार्चुलाको टिंकर पुग्याे टेलिकमको सेवा Read Previous

दार्चुलाको टिंकर पुग्याे टेलिकमको सेवा

सोनापुर मिनरल्सको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

सोनापुर मिनरल्सको आइपीओ भर्ने आज अन्तिम दिन