चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी दिए ।

निकुञ्जभित्रको सडक मर्मतसँगै कसरा, मेघौली, अमलटारी, कुजौली र माडीबाट प्रवेश गर्ने जीपका लागि अनुमति दिइने उनले बताए । गत साल कसराबाट १६, मेघोलीबाट ९, अमलटारीबाट ५, कुजौलीबाट २ र माडीबाट एउटा जीपले अनुमति पाएका थिए । वर्षात्सँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भर्ट’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी बन्द गरिएको थियो ।

सूचना अधिकारी तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जीप सफारी हुने गरेको बताए। यसका अतिरिक्त मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदलयात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि यहाँ हुने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्दछन् ।

शिवशिखर सहकारीले फिर्ता गरेन बचाकर्ताको साढे ४ करोड, कार्यालय ७ महिनादेखि बन्द Read Previous

शिवशिखर सहकारीले फिर्ता गरेन बचाकर्ताको साढे ४ करोड, कार्यालय ७ महिनादेखि बन्द

१ वर्षपछि एनआइसीलाई उछिन्दै नबिल बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक Read Next

१ वर्षपछि एनआइसीलाई उछिन्दै नबिल बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक