एनआइसी एशिया र एभरेष्ट बैंकको मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । एनआइसी एशिया र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । दुवै बैंकले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

एनआइसीले गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने २९ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि एनआइसीको नयाँ सेयर मूल्य ५९०.३१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, एभरेष्टको गत वर्षको नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि एभरेष्टको नयाँ मूल्य ५१४.५५ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा मंगलबार दुवै बैंकको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

जुम्ला विमानस्थलकाे धावनमार्ग विस्तार गरिँदै Read Previous

जुम्ला विमानस्थलकाे धावनमार्ग विस्तार गरिँदै

कोभिड खोप बनाउने दुई वैज्ञानिकले पाए नोबेल पुरस्कार Read Next

कोभिड खोप बनाउने दुई वैज्ञानिकले पाए नोबेल पुरस्कार